दाहालको सुरक्षामा पूर्वलडाकु

सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षा`र्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।

दाहालको सुरक्षामा प्रकाश|चन्द्र पाण्डेको नेतृत्वमा पूर्व|लडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्ड`रसम्म भएका थिए । यसरी खटिएका पूर्वलडाकुको ‘ड्रेस कोड’ पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए ।

हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्य`विधि २०७७ अनुसार पूर्वप्रधा`नमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै दाहालको अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।

पूर्वलडाकुसमेत रहेका दाहाल–नेपाल समू`हका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको बताए । दुलाल नेकपाका तर्फबाट वाग्मती प्रदेशसभा सदस्य हुन् । नेकपाको आन्तरिक विवादपछि उनले वाग्मती प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका थिए । ‘सरकारले पूर्वप्रधा`नमन्त्री तथा नेकपाका अध्यक्ष जो जनयुद्धका कमान्डर पनि हुनुहुन्छ, उहाँको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी कटौती गरेर ह्युमिलिएट र ह्यारेसमेन्ट गरेको छ, सरकारको यो निर्णयले प्रचण्डको सुरक्षामा झनै थ्रेट भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘यसअघि नेपाल प्रहरीबाट अगुवा सुरक्षामा खटिएको गाडीको सट्टा पूर्वज`नमुक्ति सेनाको टोली खटिन थालेको छ ।’

यसरी खटिएका पूर्वलडाकुको ‘ड्रेस कोड’ तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । दुलालले पूर्वप्रधा`नमन्त्री दाहालको निवास, आवागमन र कार्यक्रममा प्रहरी र सशस्त्र प्रहरीको सहयोगीका रूपमा सूचना आदानप्रदान, थ्रेट एनलाइसिस र अन्य भूमिकामा रहेर पूर्वलडाकु खटिएको बताए । सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गरेपछि दाहालले निकटस्थसँग असन्तुष्टि जनाएको स्रोत बताउँछ ।

नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्या`तले पूर्वलडाकुलाई सुरक्षा निकायको भूमिकासरह पूर्वप्रधानमन्त्री दाहालको एस्कर्टिङमा खटाइनु गलतमात्र नभई द्वन्द्व`कालीन मानसिकताको उपज भएको टिप्पणी गरे । ‘सरकारले पूर्वपदाधिकारीसहित सबैलाई भरपर्दो सुरक्षा प्रत्याभूति दिलाउनुपर्छ, यो उसको दायित्व हो, अझ पूर्वपदाधिकारीको सुरक्षामा प्रहरी र सशस्त्र खटिएकै छन् तर त्यसले पुगेन भनेर पूर्वलडाकुलाई सुरक्षाकर्मीकै भूमिकासरह संगठित बनाएर खटाइनु सरासर गलत हो,’ तत्कालीन राजा वीरेन्द्र र ज्ञा`नेन्द्रको अंगरक्षक (शाही पार्श्ववर्ती) का रूपमा जिम्मेवारी निर्वाह गरेका बस्न्यातले भने, ‘राज्यका बहालवाला तथा पूर्वपदाधिकारीको सु`रक्षा व्यवस्था के–कसरी मिलाइएको छ, त्यो गोप्य हुनुपर्छ तर त्यसमा चुनौती दिने गरी पूर्वलडाकु खटिँदा सुरक्षाभन्दा जोखिम बढी हुन्छ ।’

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्त्रिपरिषद्को निर्णयबमोजिम पूर्वपदा`धिकारीको सुरक्षामा तोकिएबमोजिम प्रहरी र सशस्त्र प्रहरी जनशक्ति खटाइएको र त्यसबाट सुरक्षा प्रत्याभूति हुन नसकेको लागेमा सरकारलाई स्पष्ट आधार र कारणसहित जानकारी गराउन सकिने बताए । सुरक्षा`कर्मीकै हैसियत र बन्दोब`स्तीसहित कसैले जिम्मेवारी निर्वाह गरेको पाइ`ए त्यस्ता गतिविधि नियन्त्रणमा लिइने उनले बताए । ‘पूर्वपदाधिकारीको सुरक्षामा राज्यले तोकेबमोजिमको व्यवस्था मिलाइएको छ, सोहीअनुसार जनशक्ति परिचालित छन्,’ उनले भने, ‘राजनीतिज्ञहरूको आवागमन वा कार्यक्रममा नेता/कार्यकर्ता अघिपछि लाग्न सक्छन्, त्यसमा हाम्रो कुनै सरोकार र चासो हुँदैन । कसैले सुर`क्षाकर्मीलाई नै अवरोध पुग्ने गरी, सुरक्षाकर्मीकै हैसियतमा कानुनविपरीतका काम गर्छ भने कारबाहीको भागीदार हुनेछ ।’

पूर्वप्रधानमन्त्री दाहालका प्रेस संयो`जक विष्णु सापकोटाले सरकारले सुरक्षा व्यव`स्थापनमा बेवास्ता गरेपछि पूर्वलडाकुबाट पनि सुरक्षा सहयोग लिनुपरेको बताए । ‘सरकारले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री रहनुभएका प्रचण्डको सुरक्षामा बेवास्ता गरेकै कारण जनमुक्ति सेनाका विशेष तालिम प्राप्त जनशक्ति र अहिले युवा संघमा रहेका व्यक्ति निवास, कार्यक्रम र आवागमनमा सुरक्षार्थ खटाइएको हो,’ उनले कान्तिपुरसँग भने, ‘यो अवस्था आउनुमा सरकार जिम्मेवार छ । सुरक्षा चुनौती बढेपछि हामीले वैकल्पिक व्यवस्थास्वरूप पूर्वजनमुक्ति सेनाको सुरक्षा सहयोग लिएका हौं ।’

सशस्त्र प्रहरी ऐन, २०५८ को दफा ६ को बुँदा नम्बर १० मा बहालवाला तथा पूर्वपदाधिकारीसहित सरकारबाट तोकिएका व्यक्तिको सुरक्षामा सशस्त्र प्रहरी परिचालन हुने उल्लेख छ । उक्त बुँदामा सशस्त्र प्रहरीलाई ‘नेपाल सरकारले सुरक्षा दिनुपर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न’ खटा`उने उल्लेख छ । यो बुँदा सशस्त्र प्रहरीको प्रमुख १२ वटा म्यान्डेटमध्ये एक हो । पूर्व तथा बहालवाला पदाधिकारीबाहेक कार्यविधिमा उल्लेख नभएका तर सुरक्षा थ्रेट भनी तोकिएका अन्य व्यक्तिको सुरक्षामा पनि सशस्त्र प्रहरी खटिँदै आएको छ ।

नेपाल प्रहरी पनि पूर्व तथा बहालवाला पदाधिकारीसहित तोकिएका व्यक्तिको सुरक्षामा खटिँदै आएको छ । यसरी खटिएका सुरक्षाकर्मीको चरम दुरुपयोग भएको निष्कर्षसहित केही साताअघि मात्रै सरकारले कार्यविधि संशोधन गरेर जनशक्ति कटौती गरेको थियो । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री दाहालसहित दर्जनौं पूर्वपदाधिकारीको सुरक्षाबाट करिब ४ सय ५० भन्दा बढी जनशक्ति फिर्ता भइसकेका छन् ।

पूर्वउपरथी बस्न्यातले पूर्वप्रधा`नमन्त्री दाहाल`लगायत नेकपाका शीर्ष नेतालाई बाहिरी पक्षभन्दा आफ्नै पार्टीभित्रबाट सुरक्षा जोखिम रहेको हुन सक्ने र यसका लागि सरकार चनाखो रहन आवश्यक भएको बताए । नेकपा विवाद र प्रतिनिधिसभा विघटनपछिको अस्थिर राजनीतिका बीच पूर्वपदाधिकारीका अंग`रक्षक कटौती समयका हिसाबले गलत भएको उनले बताए । kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *