प्रचण्डको सुरक्षामा पूर्व लडाकु खटिए

काठमाडौँ — सरकारले पूर्वपदाधिकारीहरूको सुर’क्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुर’क्षामा पूर्वल’डाकु खटिन थालेका छन् ।

दाहालको सुर’क्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वल’डाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वल’डाकु हुन् । सशस्त्र द्व’न्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए । यसरी खटिएका पूर्वल’डाकुको ‘ड्रेस कोड’ पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुर’क्षाकर्मी दाहालको सुर’क्षामा खटिएका थिए ।

हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुर’क्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुर’क्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै दाहालको अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुर’क्षा निकायबाट ५५ सुर’क्षाकर्मी फिर्ता भएका थिए ।

पूर्वल’डाकुसमेत रहेका दाहाल–नेपाल समूहका नेता युवराज दुलालले सुर’क्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वल’डाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको बताए । दुलाल नेकपाका तर्फबाट वाग्मती प्रदेशसभा सदस्य हुन् । नेकपाको आन्तरिक विवादपछि उनले वाग्मती प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका थिए । ‘सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष जो जनयु’द्धका कमान्डर पनि हुनुहुन्छ, उहाँको सुर’क्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी कटौती गरेर ह्युमिलिएट र ह्यारेसमेन्ट गरेको छ, सरकारको यो निर्णयले प्रचण्डको सुर’क्षामा झनै थ्रेट भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘यसअघि नेपाल प्रहरीबाट अगुवा सुर’क्षामा खटिएको गाडीको सट्टा पूर्वजनमुक्ति सेनाको टोली खटिन थालेको छ ।’

यसरी खटिएका पूर्वल’डाकुको ‘ड्रेस कोड’ तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । दुलालले पूर्वप्रधानमन्त्री दाहालको निवास, आवागमन र कार्यक्रममा प्रहरी र सशस्त्र प्रहरीको सहयोगीका रूपमा सूचना आदानप्रदान, थ्रेट एनलाइसिस र अन्य भूमिकामा रहेर पूर्वल’डाकु खटिएको बताए । सरकारले ठूलो संख्यामा सुर’क्षाकर्मी कटौती गरेपछि दाहालले निकटस्थसँग असन्तुष्टि जनाएको स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *