नेपालमा रेलवे विस्तार गर्न रसिया तयार

नेपालमा रेलवे विस्तार गर्न रसिया सकारात्मक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले सोम~बार गरेको शिष्टा~चार भेटमा रेलवे विस्तारमा रसिया लगानी गर्न इच्छुक रहेको बताए ।

भेटमा रसियन रेलवेका तर्फबाट आशयपत्रसमेत बुझाइएको मन्त्रीका प्रेस संयोजक सन्दीप राईले जानकारी दिए ।

भेटमा मन्त्री नेम्वाङले सोभियत युनियन विघट`नपछि पछिल्लो समयमा दुई देशबीच समन्वय भई कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए । काठमाडौंको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको मन्त्री नेम्वा`ङको भनाइ थियो ।

प्रविधि र दक्ष जनशक्तिका साथै लगानी अभाव भएको भन्दै मेट्रो रेलको रेखांकन, पूर्वसम्भा~व्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) समेत तयार भइसके~को र उक्त दस्ताबेज रसियन पक्ष~लाई उपलब्ध गराउन तयार रहेको मन्त्री नेम्वाङले बताए ।

रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको नेम्वा~ङले उल्लेख गरे । रसिया र विश्वका विभिन्न मुलुकमा रेल~सम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालका लागि पनि यो काम कोसे`ढुंगा हुने रसियन प्रतिनिधिम~ण्डलले उल्लेख गरेको छ । पहा`डी इलाकामा रसियन रेलवे टेक्नो`लोजी जापानले अप~नाएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपा`ललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिएको छ । कान्तिपुर

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद । wwww.Chitwanmedia.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *