ज्ञानेन्द्र र अख्तियारको संयुक्त वाणिज्यमा छापा, घुस`सहित २ पक्राउ (भिडियोसहित)

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालको टोलीले विभागका नायब सुब्बा र लेखापढीलाई घुससहित पक्राउ गरेको हो

आयोगसहित हाम्रो नेपाल हामी नेपालीका संयोजक एवम् भ्रष्टाचारी विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले पनि सहयोग गरेको हो । नायब सुब्बा नरेन्द्र चन्द र लेखा`पढीको काम गर्ने रामबाबु दाहा~ललाई ८ हजार घुससहित पक्राउ परेका हुन् । उनीहरू दुबै जना`लाई विभाग परिसरबाट आइतबार नै निय`न्त्रणमा लिएको हो । यस अधि शाहिले विभिन्न ठाँउमा भ्रष्टचार अन्याय अत्या`चार विरूद्द को आबाज लाइ शसक्त रूपमा जिल्ला जिल्लामा आबाज उठाउदै आएका छन ।

चन्दले सेवाग्रा`हीलाई सेयर पुँजी बढा`एको प्रमाण पत्र लिन लेखापढीलाई भेट्न भनेका थिए । कर्मचारी`हरूमा समेत मिलाउनु पर्छ भन्दै घुस मागेको अभि`यन्ता शाहीले जा`नकारी दिए ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *