तेस्रो चरणको आन्दोलन घोष`णा गर्दै दाहाल–नेपाल समूह

नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । आइतबार दिउँसो पार्टी कार्याल~य पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिए~को स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध यो समूह~ले दोस्रो चरणको आन्दोलन गरिसकेको छ। माघ ९ र २८ गते काठमा~डौंमा शक्ति प्रद`र्शन गरेको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनमा काठमाडौंमा ठूला प्रदर्शन नगर्ने साहले बताए। उनका अनुसार अबका कार्यक्रम प्रदेशकेन्द्रित हुनेछन्। ‘पार्टीले विगतमा~ भएका कमी–कम`जोरी सच्याउँदा आगा~मी दिनमा कसरी अघि बढ्ने भनर प्रतिबद्धता पत्रसमेत चाँडै सार्वजनिक गर्दै छ,’ साहले भने।

यसअघि अध्यक्ष पुष्पक~मल दाहालले फागुन प`हिलो साता संयुक्त आन्दोलनको सम्भावना रहेको बताएका थिए। तर, कांग्रेस सहमत नभएकाले दाहाल–नेपाल समूहले छुट्टै आन्दो`लनका कार्यक्रम घोषणा गर्न लागेको हो।

प्रशान्त महासागरको दक्षिण क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि वैज्ञानिकहरूले सुनामीको चेतावनी दिएका छन् । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *