वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उप`प्रधानमन्त्री पोखरेल

उपप्रधान`मन्त्री ईश्वर पोख~रेलले वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशंखुगढीमा नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअ`नुसार वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ दिने `बताएका हुन् । 

गत आर्थिक वर्षबाटै सा~माजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टी`भित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअ~नुसार काम गर्ने उल्लेख गरे । उपप्र~धानमन्त्री पोखरेलले काम गर्न नदिएर सरका~रलाई अस~फल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको भनाइ थियो । उनले अघिल्लो निर्वाचनमा प्रधान`मन्त्री ओलीको हस्ताक्ष~रबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विग`तदेखि नै पार्टीको नेतृत्व ~ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उनले जिकिर गरे ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताए । ओखल~ढुङ्गासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताए । प्रधानम`न्त्रीको नेतृत्वमा मुलुक~को विकास अघि बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरु विकासका बाधक बनेको आरोप लगाए ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्य`मन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका~ पहलबारे विस्तृतमा जानकारी गराएका थिए । उनले चिशंखुगढी गाउँपालि~कामा प्रदेश सरकारबाट आएको बजेटबारे जानका~री गराउँदै स्थानीय सरका~रले अपेक्षित काम गर्न नसकेको बताए ।

ओली~को पक्षमा जनमत बटुल्न जनसभा आयोजना गरिएको चिशंखुगढीका नेकपा नेता अशोक था~पाले बताए । उनका अनुसार कार्यक्रममा हजारौँ सर्वसा~धारण र नेकपाका नेता कार्यक~र्ताको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *