वरिष्ठ नेता झल`नाथ दिल्ली उडे

काठमाडौं : नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली उडेका छन्। 

पूर्वप्रधानमन्त्री खनाल उपचा`रका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दि`ल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए। उनले भने, उहाँ नियमित फलोअपका लागि  दि`ल्ली जानुभएको हो, चार दिनपछि फर्कनुहुनेछ।’ उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार हुने भट्टराईको भनाइ छ। 

शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्य`ताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ। खना`लका साथ श्रीमती रविलक्ष्मी चित्र`कार पनि दिल्ली गएकी छन्।

यो पनि पढ्नुहोस्: काठमाडौं : सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी ,सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरका`रलाई दबाब दिएको छ।

समितिले शुक्रबार काठमा`ण्डौको शान्ति बाटिकामा कार्यक्रम गरि सरकारी जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिएको हो। ललिता`निवास बालुवाटार लगायतका सर`कारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्ष`र अभियान चलाएको संघर्ष समि`तिले सो हस्ताक्षरलाई सम्ब|न्धीत मन्त्रालयमा बुझाउने भएको हो।

समितिले ललितानिवास बालुवाटार`को सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सर`कारको नाममा का`यम गरी सो जग्गा अपचलन गर्नेउपर कारबाही गर्न दबाब दिन हस्ताक्षर अभि~यान सञ्चालन गरिएको जनाएको छ।

त्यसैगरी धोबीखोलो बगेको साबिक नगर २५(क) कित्ता नं. ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री उपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधिशलाई कारबाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको संघर्ष समितिका महासचिव युवराज कोइरालाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *