राज्यविरुद्धको कसुरकाे आरो`पमा झाँक्री पक्राउ

नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति~विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंख`मूलस्थित निवा~सबाटै पक्राउ गरेको हो ।

यसअघि उनलाई महान~गरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसा`कका प्रहरी शंखमूल पुगेका थिए । झाँक्री~ले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर `आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेप`छि उनले गिरफ्तारी दिएकी हुन् ।

पुर्जीमा राज्यविरुद्धको कसुर`अन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संस~द्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमा`णित भए कसुर गर्ने वा गरा`उने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्ले`ख छ ।

निवासमै पत्र~कार सम्मेलन गर्दै झाँक्रीले भनिन्, ‘राज्यले नागरिकलाई बिनाकारण पनि २४ घ~ण्टा थुन्न सक्छ । यो राजनी~तिक कारण भएकाले पक्राउ पुर्जी लिएर आउनुहुन्छ भने मैले गिरफ्तारी दिनुपर्छ ।’ नेत्री झाँक्रीले आफूलाई एसए`सपी दीपक थापाले फोन गरेर महाशाखा~मा उपस्थित हुन भने~पछि उनलाई राजनी~तिक मुद्दा भएको भनी जवाफ दिए`को सुनाइन् ।

झाँक्रीले सरकारको यो कदम अभि~व्यक्ति स्वतन्त्रता~माथिको बन्देज भएको बता~इन् । उनले भनिन्, ‘अहिले मलाई गर्न खोजिएको ह्यारेसमेन्ट होला । किनभने तानाशा`हहरू ढल्‍ने बेलामा अने~क जुक्ति लगाउँछन् ।’

गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले बताए~को छ । झाँक्रीलाई पक्राउन गर्न लागि~एपछि उनको निवासमा भेला भए~का नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले विरोध जनाएका थिए । उनीहरूले सर~कार र प्रहरी`विरुद्ध नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *