नेतृ झाँक्रीलाई प`क्राउ गर्न पुगेको प्रहरी टोली निवा`सबाटै फर्कियो

काठमाडौं, २९ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको विषयमा सोधपुछका लागि बोलाउदा नआएपछि प्रचण्ड–नेपाल पक्षका नेतृ रामकुमारी झँक्रीलाई प`क्राउ गर्न पुगेको महानगरीय अपराध महाशाखा, बानेश्वरको टोली झाँक्रीको निवास शंखमुलबाटै फर्किएको छ ।

बिहीबार नेतृ झँक्रीलाई सोधपु~छका लागि बोलाउदा नआएपछि पक्राउ गर्न निवास पुग्दा झाँक्रीले आफैँ कार्यालयमा उपस्थित हुने बताएपछि टोली फर्किएको महाशाखा प्रवक्ता एसए~सपी दीपक थापाले न्युज २४ लाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , ‘सोधपु`छका लागि टोली उहाँको निवास शंखमुल पुगेको थियो । तर, उहाँले म आफैँ कार्या`लयमा उपस्थित हुन्छु भनेपछि टोली फर्कियो

१६ माघमा गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपतिको चरित्र हत्या गरेको भन्दै नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ ले नेतृ झाँक्रीलाई तत्काल पक्रा`उ गरि कारबाही गर्न माग गरेको थियो ।

गोरखामा आयोजित कार्यक्रममा उउहाँले भन्नुभएको थियो, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारी`का लागि सु~खसुविधा ऐश–आराम छाडेर शितलनि`वास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सु~न्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्य~सको तयारी गरेर सन्देश पठाउनुस्, तपाईं~सँग म पनि भारी हुन्छु ।’news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *