नेपाली जनता हाम्रा भगवान हुन् अब के.पि निरंकुशता तिर: प्रचण्ड

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको धम्कीमा आएर निर्णय नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्

प्रतिनिधिसभा विघटनको विरो`धमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै दाहालले मंगलबार निर्वाचन आयोग पुगेर ओलीले धम्काएको समेत बताए ।

नेपाली जनता हाम्रा भगवान हुन हिजो निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो…काइते कुरा । काइते कुरा गर्ने केपीले गएर धम्काउनु भएछ’

संवैधानिक निकायले राम्रोसँग बुझुन् । केपीका डर, धाकधम्की हैन । हिजो निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो… काइते कुरा ।

काइते कुरा गर्ने केपीले गएर धम्काउनु भएछ । अहिले आयोगका केही केही मा~न्छेहरु खोई के हो के हो… अहिले नभनौं, भन्यो भने फेरि बिग्रने हो कि,’ अध्यक्ष दाहालले भने, ‘तर, ७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै । हामीले सुरुमा गएका भनेका हौं हामी हो पार्टी भनेर ।३० दिन त के १० दिन पनि पुगेको थिएन हामी जाँदा । त्यसलाई हिसाब नगर्ने अनि केपी ओलीले गएर धम्काउँदा बित्तिकै त्यसैलाई मात्रै हेर्नुभयो भने तपाईंहरुको खुट्टी पनि देख्छन् नेपा`ली जनताले । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।

दाहालले ओली भग~वानको शरणमा गए पनि आफूहरुका लागि जनता नै भगवान् भएको दाबी गरे । तर, ओली अझै पनि सच्चिने भन्दा मुर्खता गर्ने पक्षमा रहेको दाहालको भनाइ छ । केपीजी तपाईं भ्रममा कतिदिन बाँच्‍ने हो ? तपाईंलाई म सल्लाह दिन चाहन्छु । तपाईंले साह्रै ठूलो अपराध गर्नुभयो ।

राष्ट्रका विरुद्ध, जनताका विरुद्ध । तपाईंले अलिकति आफूलाई ठाउँ राख्ने हो तुरुन्तै राजी`नामा दिनुस्, पश्चाताप गरेर वक्तव्य निकाल्नुस्,’ उनले भने, ‘तपाईंलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छन् । तपाईं अझै मू~र्खता गर्नेमा हुनुहुन्छ ।

तपाईं अझै निरंकुश~तातिर जानेमा हुनुहुन्छ । तपाईं आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानु भएको छ ।’

जनता नै भगवान् भएको भन्दै दाहालले जनताको धार्मिक आस्थाप्रति आफूहरुको पनि सम्मान रहेको बताए । ‘नेपाली जनता हाम्रा भगवान हुन् । उक्त सभामा प्रचण्डले जनता अब भगवान हुन भनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *