भाषण गर्दा गर्दै नारायणकाजीले ऋषि धमलालाई भने, ‘चुप लाग्‍नुस्’

काठमाडौं : नेकपा (प्रचण्ड- नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्न आग्रह गरेका छन्। बुधबार राजधानीमा गरेको आमसभामा सम्बोधनमा क्रममा श्रेष्ठले आफूहरूले सभा आयोजना गरेको भन्दै धमलालाई अर्को कार्यक्रम नगर्न आग्रह गरेका हुन्।

पत्रकार साथीहरू हामीले यहाँ सभा गरिरहेका छौं। त्यसैले तपाईंहरू चुप लाग्नुस। सुन्नुभो? धमलाजी तपाई अर्को कार्यक्रम नगर्नुस्। चुप लाग्नुस्’, श्रेष्ठले भने’धमलाजीले राम्रै काम गरिरहनु भएको थियो। जनसमुदायको अन्तर्वार्ता लिइरहनु भएको थियो। तर, यो काम पछि गर्नुहोला।’

रिसाउदै झर्केदै औला ढडाउदै पत्रकार भाषण गर्दा गर्दै नारायणकाजीले ऋषि धमलालाई भने, ‘चुप लाग्‍नुस्’अब हल्ला नगर्नुस त्यस्ता नबोल्नुस भन्दै गर्दा ध्यान केन्द्रित तेतै भएको थियो । धमला उक्त कार्यक्रममा सहभागि भएका थिए ।

यो पनि पढ्नुहोस्
दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन, अध्यक्षद्वयसहित १४ नेताले सम्बोधन गर्दै:-

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ ।

पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व गर्न पार्टीले विभिन्न नेताहरूलाई कमान्डर तोकेको छ ।

सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत हुनेछन् । सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

त्यसबाहेक केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले सम्बोधन गर्ने भएका छन् ।

कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्दैछन् ।

दाहालले फागुन पहिलो साताबाट अझ ठूलो आन्दोलन हुने बताउँदै आएका छन् । दाहाल–नेपाल समूहले यसअघि पनि काठमाडौंमा विरोधसभाका साथै देशव्यापी आमहडताल आयोजना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *