मदन भ`ण्डारीको ह`त्याको अनुसन्धान हुनुपर्छ : लेखराज भट्ट

धनगढी — केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य लेख~राज भट्टले मदन भण्डारीको ह`त्याको अनुसन्धान हुनुपर्ने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भट्टले धनगढीमा सोमबार आयोजित एक कार्यक्रममा मदन भण्डारीको ह~त्यामा संलग्न भएको व्यक्तिको बारेमा झूट फिँजाइएको बताएका हुन् ।

नेता भण्डारीको ह`त्यामा केपी ओलीको संलग्न`ता रहेको हल्ला फिँजाइएको भए पनि त्यसबेला पार्टीको नेतृत्वमा माधव नेपाल भएकाले शंका`स्पद रहेको बताएका छन् ।

जीवित मान्छे अमर लामा थिए, उनलाई हाम्रै क~मरेडहरुले समाते र भाग्न खोज्दा मा~रिए भनियो’ मन्त्री भट्टले भने, ‘त्यस घट`नाको सरकारले अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्छ ।’

माधव नेपाल प्रधानमन्त्रीको कुर्सीको निमित्त निवेदन नहाल्नुस् पार्टीको नीति होइन भन्दा निवेदन हाल्न ज्ञानेन्द्रकहाँ पुगेका थिए,’ मन्त्री भट्टले भने, ‘प्रचण्डले जन`युद्धकै ताका ज्ञानेन्द्रसँग संयुक्त मोर्चा गर्नुपर्छ भनेर प्रचण्डले खबर पठाएका हुन् ।’ उनले प्रचण्ड र माधव नेपालको विचार पदका लागि मिल्ने गरेको बताए ।

नेकपा ओली समूह निकट प्रेस संगठनको प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा उनले टीकापुर घटनाको योजनाकार रेशम चौधरी होइनन् भन्ने लागेको बताए । ‘योजनाकार अरु कोही नै भएको हुनसक्ने मेरो आशंका छ,’ उनले भने ।ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *