पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय 

सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरण~को निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

‘मन्त्रिपरिषद् बैठकबाट पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्ट्या~उने निर्णय भएको छ,’ उनले भनिन् ।

पहिलो चरणमा १७ गते प्रदेश २, लु`म्बिनी, कर्णा`ली र गण्ड`कीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वा`ग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वा`चन गर्ने निर्णय भएको हो ।

मन्त्री तुम्बा`हाङ्फेले उक्त निर्णयलाई सरकार निर्वाचन गराउन दत्तचित्त भएर अगाडि बढेको अर्थमा लिनुपर्ने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सि`फारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा वि~घटन गरेकी थिइन् । सोही दिन आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति पनि घोषणा गरिएको थियो ।

प्रतिनिधिसभा विघटन असं`वैधानिक भएको भनेर सर्वोच्च अदालतमा १३ निवेद`न परेका छन् । ती निवेदनमाथि संवैधानिक इज`लासमा सुनुवाइ भइरहेको छ ।kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *