ओलीले “डुबाए” बादललाई : घर न घाटको : पुरा पढ्नुहोस

अन्ततः सर्वत्र पूर्वानुमान गरिए झैं पूर्वमा~ओवादी नेता एवं कामचलाउ सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपा ओली समूहका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री खड्ग~प्रसाद ओलीले ‘डुबाइदिएका’ छन् ।

झन्डै तीन दशकसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामिप्यमा रहेर राजनीति गरेका बादल प्रचण्ड~हरूलाई ‘सत्तोसराप’ गर्दै ओली समूहमा लागेको छोटो समयमै ‘घर न घाटको’ बन्न पुगेका छन् ।

बादल~सहितको सहमतिमा ५ पुसमा ओलीले प्रतिनि~धिसभा ‘विघटन’ गरिदिपछि विभा~जित भएको सत्ताधारी नेकपाभित्र ‘प्रभावशाली’ रहँदै आएका बादल ओली समू~हमा लाग्लान् भन्ने अनुमान धेरैले गरेकै थिएनन् ।

विगतदेखि नै पार्टीभित्रका विवादमा अन्त्यसम्म सधैं नै ‘बीचमा’ बसिरहने अनि अन्ततः गलत निष्कर्ष र निर्णयमा पुग्ने गर्दै आएका बादल यसपटक पनि नराम्ररी पछारिन पुगेका छन् ।

पार्टी विभाजित हुँदा दुवैतिरको तानातानमा परेका बादल प्रचण्डसँगको सहयात्रामा पूर्णविराम लगाउँदै ओलीलाई ‘साथ दिन’ उभिए ।

प्रतिनिधिसभा ‘विघटन’ लाई ‘बाध्यात्मक’ र ‘अग्रगामी’ कदम बताउँदै ओलीको ‘बचाउ’गर्न खम्बा बनेर उभिएका बादल ‘सात जुनीदेखिको सत्रूता’ रहे झैं गरी ओली गुटका पुराना मान्छेहरुभन्दा दस हात माथि उफ्रेर प्रचण्डहरुमाथि निकै चर्को गाली~गलौजमा उत्रिए

ओली समूहले दिएको अध्यक्ष ओली पछिको दोस्रो वरियतामा राखेर सहअध्यक्ष बनाउने, तत्काल उपप्रधानमन्त्रीमा ‘बढुवा’ गर्ने र अरू पनि महत्त्वपूर्ण भूमिका दिने आश्वासनमा बहकिँदै आफ्नो धरातललाई लात मारेका बादलका ती सपना अन्ततः दिवासपना मात्र सावित भए

ओलीले ती आश्वासन दिएर आफ्नो क्याम्पमा हुलेका बादलले अन्ततः दुवै पाएनन्, ईश्वर पोखरेल पर्खाल बनेर बीचमा उभिइदिए ।

यसरी कामचलाउ उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा मुनिकै स्थानमै थेचारिइरहेका बादलको हविगत पछिल्लो पटक शुक्रबारको कार्य~क्रममा उदांगियो ।

नारायणहिटीको ढोकामा ओली समूहले आयोजना गरेको ‘शक्ति प्रदर्शन’ मा बादलको बोल्ने पालो पोखरेल~भन्दा पहिले थियो । बादलपछि पोखरेल अनि ओलीले भाषण गरेपछि बादलको वरियता सार्वजनिकरुपमै फेरि प्रष्टियो ।

उक्त कार्यक्रममा पनि बादलले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्नेजस्तो गैरसंवैधानिक हर्कतलाई ‘क्रान्तिकारी’, ‘अग्रगामी’, ‘राष्ट्रवादी’ जस्ता हास्यास्पद पदावलीले सिँगारपटार गर्दै र प्रचण्डहरुलाई थुन्नेसम्मका धम्की दिँदै भाषण गरे ।

उनले ओलीपछिको नेता आफैं हुँ भन्ने सन्देश प्रवाहित गर्न खोजे पनि ओली गुटका पुराना नेता–कार्यकर्ताहरुबीच भने उनी हाँस्यपात्र मात्रै बने । सो का~र्यक्रममा ‘ओलीले नहँसाए पनि बाद~लले हँसाइदिए’ भन्दै ओली गुटका नेता–कार्यकर्ताले ‘जोक’ गरे ।

बर्बादै भयो नि, ओलीले त बादल कमरे~डलाई नराम्ररी डुबाए,’ विगतदेखि नै बादलसँग निकट रहेर काम गर्दै आएका र अहिले ओली समूहमा लागे~का मझौला कदका एक नेताले न्युजकोसेलीलाई भने– ‘तीन–तीनवटा ललिपप देखाएर पहिले अरुलाई जस्तै गरी अहिले बादललाई मज्जैले फसाए, हाम्रो दिमाग खराब भएको छ, के गर्ने र के नगर्ने भनेर विलखबन्दमा परिएको छ ।’newskhoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *