संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ : शशांक कोइराला

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बता`एका छन् । सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरा`लाको छैटौं स्मृति दिवसको अवस~रमा सुशील कोइ`राला सोसलिस्ट युथ सर्कलले काठमा~डौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन्

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भए~का कारण संयुक्त आन्दोलन`मा जानु नहुने उनको भनाइ छ । संयुक्त आन्दोल`नमा गए कांग्रेसलाई घाटा हुने उनले बताए । महाम~न्त्री कोइरालाले आफ्नो कार्यकर्ता`हरुलाई समेटेर एकजुट ब~नाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उनले बताए ।

कार्यक्रममा पुष्प~कमल दाहाल–माधव~कुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधा`नको रक्षा गर्नु अहिले~को मूल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने उनको भनाइ छ । अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संवि~धानलाई कमजोर ब`नाउनु नहुने उनले बताए । नेता पन्तले वैशा`खमा निर्वाचन नहुने भन्दै संविधान`को रक्षाको निम्ति सबै राजनी~तिक दल मिलेर आन्दो~लनमा जानुपर्ने धारणा राखे

कांग्रेसका केन्द्रीय सदस्य मीने~न्द्र रिजालले अहिलेको समस्या`को मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जन~ताले संसद्, संविधान र का~नुनको अधिनमा बसेर शासन गर्न चुनाव जिता`एर पठाएको भए पनि कानुन, संवि`धान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाइ छ ।

नेता रिजालले संसद् विघटनअघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा कांग्रेस नलाग्ने पनि स्पष्ट पारे ।ekantipur.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *