भंगहा : मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७७ को तेस्रो दिनको खेल बेङ्गखारी युवा क्लब महोत्तरीले जितेको छ। सुट आउट पेनाल्टीमा लेखनाथ युटाईटेड क्लब पोखरालाई १–२ गोलले हराउँदै बेङ्गखारी युवा क्लबले जीत हासिल गरेको हो।खेलको निर्धारित समयमा दुबै टिमले एक
अर्काविरुद्ध १–१ गोल गर्दा खेल सुट आउट पेनाल्टीमा धकेलिएको थियो। खेलको २७ मिनेटमा लेखनाथ युटाईटेड क्लब पोखराका १९ नम्बर जर्सिका खेलाडीले बेङ्गखारी युवा क्लबमा पहिलो गोल प्रहार गरेका थिए। खेलको ४७ मिनेटमा बेङ्गखारी युवा क्लबका १९ नम्बर जर्सिका खेलाडीले गोल गरेर पोखरासँग बराबरी बनाएका थिए। खेल जितेसँगै बेङ्गखारी युवा क्लब आउँदो माघ २१ गते त्रिभुवन आर्मीसँग सेमीफाइनलका लागि भिड्ने छ।बेङ्गखारी युवा क्लबका गोल रक्षक अभिषेक बराल तेस्रो दिनको खेलको म्यान अफ दी म्याच घोषित गरियो। उनले नगद ५ हजार र शिल्ड पाए।
मेयर गोल्ड कप फुटबल प्रतियोगिता आइतबारको खेलमा एपीएफ काठमाडौं विजयी भएको छ । महोत्तरीको भंगाहा नगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा एपीएफले सतासीधाम स्पोर्टिङ्ग क्लब झापालाई पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीको खेलेको सतासीधामका लागि दोस्रो हाफको ६१ मिनेटमा उमेश राईले पहिलो गोल गरे । खेलको ७८ मिनेटमा एफीएफका लागि नवीन लामाले बराबरी गोल फर्काए । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
एपीफका नवीन लामा म्यान अफ दि म्याच भए । उनले नगद ५ हजार र शिल्ड पाए। शनिबारको पहिलो खेलमा धरान फुटवल क्वललाई त्रिभुवन आर्मील पराजित गरेको थियो ।
सोमबारको खेल लेखनाथ युटाईटेड क्लव पोखरा र बेङ्गखारी युवा क्लब महोत्तरीबीच प्रतिस्पर्धा हुँदैछ । भंगहा नगरपालिकाले संचालन गरेको मेयर गोल्ड कप २०७७ मा राष्ट्रियस्तरका ८ समूह सहभागी छन् ।